विराटनगर । सुनसरी र मोरङ मा खोलामा डुबेर २ जना बाल बालिकाको मृत्यु भएको छ ।
हिजो दिउँसो सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-१ का बिष्णु परियारको ७ बर्षीया छोरी बिबिशा परियार सुनसरी खोला छेउमा खेल्ने क्रममा खोलामा डुबेर मृत्यु भएको हो । मोरङको सुनवर्षी नगरपालिका-७ सुकुम्बासी टोलका श्रीकुमार रिषिदेवको ९ बर्षीय छोरा अमन रिषिदेबको मरिया खोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो ।


73 पटक हेरिएको 








