पथरी । पालिकास्तरीय डेंगु रोग रोकथाम तथा नियन्त्रण सम्वन्धी सरोकारवालाहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
गरिब तथा सीमान्तकृत समुदायको स्वास्थ क्षेत्रमा कार्यरत विश्वास परियोजना र सहारा नेपालको सहयोगमा पथरी शनिश्चरे नगरपालिकाको स्वास्थ्य शाखाद्वारा आयोजित अन्तरक्रियामा डेंगु रोगको रोकथाम तथा नियन्त्रण सम्वन्धमा व्यापक छलफल भएको हो । कार्यक्रममा स्वास्थ्य शाखाका जनस्वास्थ्य अधिकृत जगत लिम्बुले स्वागत मन्तव्य राख्दै डेंगु रोगका बारेमा प्रष्ट्याए । मगरले गत वर्ष नगरमा ५ हजार २ सय ८९ जनाको डेंगु परीक्षण गर्दा १९ सय २ जना संक्रमित भेटिएको र १ जनाको मृत्यु भएको , हालसम्म १ जनामा मात्रै डेंगु संक्रमण पुष्टी भएको जानकारी दिए । वडा नं. १ का अध्यक्ष भीम राईले सबैको पहल र सक्रियतामा मात्रै डेंगु नियन्त्रण गर्न सकिने उल्लेख गर्दै समुदायको पहलमा डेंगु नियन्त्रण गर्नुपर्नेमा जोड दिए । नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्वापोको अध्यक्षतामा आयोजित कार्यक्रममा उपप्रमुख देविमाया काफ्ले, वडा अध्यक्षहरु, कार्यपालिका सदस्य, विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय मोरङका प्रमुख डाक्टर सुरेश मेहताले डेंगु रोग र यसको रोकथम तथा नियन्त्रणका बारेमा सहजीकरण गरेका थिए ।


96 पटक हेरिएको 









