मोरङ । “प्रहरी इकाईहरूको स्थापना, स्तरवृद्धि तथा जनशक्ति व्यवस्थापन सम्बन्धी आधार तथा मापदण्ड २०७०” बमोजिम स्वीकृत भई प्रहरी कार्यालय स्थापना गरिएको छ ।
जिल्ला मोरङ सुनवर्षी नगरपालिका वडा नं. १ शुक्रबारे, केचनामा साउन ९ गते अस्थायी प्रहरी चौकी स्थापना गरिएको हो । सुनवर्षी नगरपालिका वडा नं. १ का वडा अध्यक्ष बिर बहादुर राईको अध्यक्षतामा भएको कार्यक्रमको कार्यक्रममा आन्तरिक मामिला तथा कानून मन्त्री माननिय लिला बल्लभ अधिकारीको प्रमुख आथित्यता भएको थियो । खानेपानी, सिँचाई तथा उर्जा मन्त्री एकराज कार्की, सुनवर्षी नगरपालिका नगर प्रमुख श्याम प्रसाद राजवंशी, कानून मन्त्रालयका सचिव कमल थापा, प्रदेश प्रहरी कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुवेर खापुङ, जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक नवराज कार्की, पथरी शनिश्चरे नगरपालिकाकी नगर उप-प्रमुख देवी माया काफ्ले, इलाका प्रहरी कार्यालय पथरी मोरङका प्रमुख प्रहरी नायव उपरीक्षक मोहन बिक्रम दाहाल, सुनवर्षी नगरपालिकका प्रमुख प्रशासकीय अधिकृत रुद्र प्रसाद दुलाल, इलाका प्रहरी कार्यालय रंगेली मोरङका कार्यालय प्रमुख प्रहरी निरीक्षक सन्तोष कुमार खड्का लगायतको उपस्थिति रहेको थियो ।


90 पटक हेरिएको 








