पथरी । पशुपंक्षी तथा मत्य विकास शाखा पथरी शनिश्चरे नगरपालिकाले नगरका निजी पशु स्वास्थ्यकर्मीहरुसँग विभिन्न विषयमा छलफल गरेको छ ।
आज नगरपालिकामा भएको छलफलमा नगर प्रमुख मोहन प्रसाद तुम्वापो, उप–प्रमुख देविमाया काफ्ले, प्रमुख प्रशासकीय अधिकृत शशि राईको उपस्थितिमा भएको छलफलमा दुई वटा निर्णयहरू गरेको छ । नगरमा कृत्रिम गर्भाधान गरे वापत पहिलो पटक गर्दा रु. ४ सय र सोहीलाई दोहोर्याउँदा ३ सय वापत यातायात खर्च पशु स्वास्थ्यकर्मीले लिने निर्णय गरिएको छ । पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद् ऐन २०७९ तथा नियमावली २०८१ वमोजिम नगरमा सेवा प्रदान गर्ने सम्पूर्ण पशु स्वास्थ्यकर्मीहरुले अनिवार्य रुपमा परिषद्मा दर्ता गराउनुपर्ने निर्णय गरिएको नगरका पशु चिकित्सक सवल पोखरेलले जानकारी दिए ।


108 पटक हेरिएको 








