पथरी । शान्ति सामुदायिक वन उपभोक्ता समूह पथरी शनिश्चरेले प्रभावकारी तथा उद्घोषण कला तालिम सुरु गरेको छ।
पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहन प्रसाद तुम्वापोले व्यानर पढेर उद्घाटन गर्दै अहिले समाजमा महिलाहरुले तालिमकै कारण राम्रो प्रगति गरिरहेकोमा खुशी व्यक्त गरे । वनका अध्यक्ष कुलमणि गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा वडा नं. १ का अध्यक्ष भीम राई, इलाका प्रहरी कार्यालय पथरीका प्रमुख मोहनविक्रम अधिकारी र डाँस मोरङ्गी सामुदायिक वनका अध्यक्ष मदन पोखरेल लगायतले शुभकामना मन्तव्य राखेका छन् । ३ दिन सम्म चल्ने तालिमको सहजीकरण मन्जरी घिमिरेले गर्नेछिन ।


79 पटक हेरिएको 












