आफ्नै घरमा बोलाएर हत्या गर्ने व्यक्ती पक्राउ 

उर्लावारी । आफ्नै घरकोठामा बोलाई लगी लाठी, धारिलो हतियार खुकुरी, चुप्पी लगायतले शरिरको विभिन्न भागहरूमा प्रहार गरी हत्या गरेको आरोपमा एक त्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

साउन १६ गते जिल्ला मोरङ उर्लाबारी न.पा. वडा नं.-५ व्यापार संघ लाईनका सुभास तामाङ पक्राउ परेका हुन् । उर्लाबारी न.पा. वडा नं.-४ आईतबारे बस्ने वर्ष २१ को कुशल दाहाललाई निज तामाङले आफ्नै घरकोठामा बोलाई लगी लाठी, धारिलो हतियार खुकुरी, चुप्पी लगायतले शरिरको विभिन्न भागहरूमा प्रहार गरी गम्भिर घाईते बनाए थिए। उनको उपचारको लागि झापा विर्तामोड स्थितमा रहेको बी.एण्ड सी. अस्पतालमा उपचार गराउने क्रममा साउन १५ गते राती २०:४० बजेको समयमा मृत्यु भयो। तामाङलाई मोरङ जिल्ला अदालतबाट ४ दिनको म्याद थप गरी ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार