स्कुल बसको ठक्करबाट एकको मृत्यु

रंगेली (मोरङ) । जिल्लाको रंगेली नगरपालिका-२ मा स्कुल बसको ठक्करबाट आइतबार विहान पौने १० बजे साइकल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा धनपालथान गाउँपालिका-३ का ६० बर्षीय जगरनाथ ठाकुर रहेका छन् ।

घटनामा संलग्न बस र चालक कन्काई नगरपालिका-१ झापाका ५७ बर्षीय ईन्द्र प्रसाद मिश्रलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।बिराटनगरबाट आमबारीतर्फ आँउदै गरेको को.१ क १७०० नम्बरको अरनिको आवासीय माध्यमिक बिद्यालयको बसले सोही दिशाबाट आँउदै गरेका साईकल यात्री ठाकुरलाई ठक्कर दिई घाईते बनाएको थियो । घाईते भएका ठाकुरको उपचारको क्रममा रंगेली अस्पताल रंगेलीमा मृत्यु भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार