पथरी । आफ्नो क्षेत्र भित्रका सामुदायिक विद्यालयहरूको निरीक्षण पथरी शनिश्चरे नगरपालिकाले गरेको छ ।
आज नगर प्रमुख मोहन प्रसाद तुम्वापो, प्रमुख प्रशासकीय अधिकृत शशि राई, शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख नविन खुलाल, इन्जिनियर सन्तोष केसी र प्राविधिकको उपस्थितिमा विद्यालयहरूको अनुगमन/निरीक्षण गरिएको हो । एउटा धार्मिकसहित २८ वटा विद्यालय रहेको नगरमा आज ७ वटा विद्यालयमा अनुगमन गरिएको र बाँकी सबै विद्यालयमा पनि अनुगमन गरिने शाखा प्रमुख खुलालले जानकारी दिए । अनुगमन/निरीक्षणमा विद्यालयको भवन र टिनको छानोको अवस्थाहरुको स्थिति हेरिएको थियो । जीर्ण अवस्थामा रहेका भवनको मर्मत् र चुहिने भएका टिनको छानो फेर्नका लागि आवश्यक पर्ने बजेटको पूर्व तयारीका लागि अनुगमन/ निरीक्षण गरिएको शाखा प्रमुख नविन खुलालले बताएका छन् ।


107 पटक हेरिएको 








