नगरको शान्ति सुरक्षा विषयमा छलफल

पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकामा शान्ति सुरक्षा विषयमा बुधबार छलफल गरिएको छ ।

नगर प्रमुख मोहनप्रसाद तुम्वापोको कार्यकक्षमा भएको छलफलमा चाडपर्व नजिकिएसँगै बजार क्षेत्रमा शान्ति सुरक्षा कायम गर्ने विषयमा छलफल गरिएको थियो । छलफलमा उप–प्रमुख देविमाया काफ्ले, इलाका प्रहरी पथरीका प्रमुख डीएसपी मोहन विक्रम दाहाल, वडा नं. १ का अध्यक्ष भीम राई, उद्योग वाणिज्य संघ पथरीका अध्यक्ष दिपक बस्नेत, कार्यपालिका सदस्यदद्वय विरध्वज शिवा र सुरेश कार्कीको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार