पथरी । भुल्के जल उद्योग पथरी शनिश्चरेले उत्पादन गरेको पानी दुषित भएको जानकारी प्राप्त गरेपछि पथरी शनिश्चरे नगरपालिकाले अनुगमन गरेको छ ।
आज उपप्रमुख एवं नगरस्तरीय अनुगमन समितिकी संयोजक देवीमाया काफ्लेको अगुवाईमा बजार अनुगमन समितिले श्री भुल्के जल उद्योगको अनुगमन गरेको हो । वडा नं. २ का एक उपभोक्ताले उद्योगले उत्पादन गरेको खानेपानी जार दुषित रहेको सूचना समितिलाई दिएका थिए । जारहरु मध्ये खोलिएको जारको खानेपानीमा केही लामखुट्टेको लार्भा देखिएको भएता पनि नखोलिएका जारहरूमा भने खामखुट्टेको लार्भा नदेखिएको, उद्योगमा खानेपानी संकलन गर्ने, प्रशोधन गर्ने तथा जारमा खानेपानी भर्ने कार्य उल्लेखनीय त्रूटि नपाइएको यद्धपि अझै सावधानी अपनाउनुपर्ने र आगामी दिनमा खानेपानी संकलन, प्रशोधन तथा प्याकेजिङ कार्य गर्दा जनस्वास्थ्यको संवदेनशिलतालाई ख्याल गर्दै सावधानी अपनाउन नगरपालिकाले सचेत गराएको छ । अनुगमनमा प्रमुख प्रशासकीय अधिकृत शशि राई, राजश्व शाखा प्रमुख ताराप्रसाद ढकाल, स्वास्थ्य शाखाका अधिकृत एकराज खत्री, नगर प्रहरी इन्चार्ज बलबहादुर गौतमको उपस्थिति रहेको थियो ।


122 पटक हेरिएको 








