पथरी । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को स्थापना दिवस आज (श्रावण २७) गते । फोनिज २५ बर्ष पुरा गरि २६ बर्ष प्रवेश गरेको अवसरम सम्मान तथा पुरस्कारलगायत कार्यक्रम गर्दै रजत बर्ष मनाउँदैछ ।
फोनिज संघीय समितिले अनामनगर काठमाडौंमा कार्यक्रमको आयोजना गरेको छ । फोनिज राष्ट्रिय पत्रकारिता सम्मान–२०८१, ‘फोनिज राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८१ र फोनिज मातृभाषा पत्रकारिता सम्मान–२०८१ बाट पत्रकारहरुलाई सम्मान गर्दैछ।
फोनिज राष्ट्रिय पत्रकारिता सम्मान २०८१ बाट विजयरत्न तुलाधार (अनलाईन ), फोनिज राष्ट्रिय पत्रकारिता सम्मान २०८१ बाट पुष्पहरि क्याम्पा राई (टेलिभिजन), फोनिज मातृभाषा पत्रकारिता सम्मान २०८१ बाट लौव अग्रासन (थारु) , फोनिज राष्ट्रिय पत्रकारिता पुरस्कार २०८१ बाट सटेन्द्र जबेगु (अनलाईन) ,
फोनिज राष्ट्रिय पत्रकारिता पुरस्कार २०८१ बाट विष्णु तामाङ (छापा), फोनिज राष्ट्रिय पत्रकारिता पुरस्कार २०८१ बाट खिमा गुरुङ (रेडियो) सम्मानीत हुँदैछन् । फोनिज राष्ट्रिय पत्रकारिता सम्मानमा नगद राशी पुरस्कार रु. २५,०००।– (पच्चिस हजार) र फोनिज राष्ट्रिय पत्रकारिता पुरस्कारमा नगद राशि रु. २०,०००।– (बीस हजार) रहेको छ ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज )इलामले सुजता सुनुवारलाई आज बिहान पुरस्कृत गरेको छ। ‘आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार’ पत्रकार सुनुवारलाई प्रदान गरेको हो ।
फोनिज मोरङले पनि स्थापना दिवस पशुपति सामुदायिक वन उपभोक्ता समूह पथरी शनिश्चरे १० मा मनाउँदैछ। दिउसो ३ बजे वृक्षारोपण तथा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरेको छ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) १ नम्बर प्रदेश समितिको आयोजनामा उदयपुरगढी गाउँ पालिकाको नेपाल टारमा कार्यक्रम तय गरेको छ ।


311 पटक हेरिएको 








