पथरी । मिस्टर नेपाल २०२४ का स्पर्धी प्रकाश चौहानलाई जिताउन अपिल गरिएको छ ।
पथरी जेसीजले पथरी शनिश्चरे ४ का चौहानलाई पत्रकार सम्मेलनको आयोजना गर्दै सो अपिल गरेको हो। बुवा गणेशकुमार चौहान, आमा प्रमिला चौहान, दिदी सरस्वती चौहान, पथरी व्यापार संघका पूर्व अध्यक्ष पर्शुराम कार्की र जेसीजका प्रेसिडेन्ट राजकुमार विश्वकर्माले भोटमार्फत जिताउन आग्रह गरेका छन् । उनीहरुले देश भित्र र बाहिर बस्नु हुने सम्पूर्ण नेपालीहरुलाई हार्दिक अनुराेध गरेका हुन् ।भदौ पहिलो साता फाइनल हुने मिस्टर नेपालको नतिजा एसएमएस भोट बढी ल्याउने प्रतिस्पर्धीले जित्नेछन् । नमुना कलेज इटहरीमा बीबीएमा अध्ययनरत प्रकाश चौहान अडिसनको साथै बिभिन्न चरण पार गर्दै फाइनलमा प्रवेश गरेका हुन् ।
प्रकाश चौहानलाई जिताऊ अभियानकै क्रममा संचालनमा लैजाने उदेश्यले आयोजित कार्यक्रममा उनका बुवा गणेश चौहान,आमा प्रमिला र दिदी सरस्वती चौहान, सामाजिक व्यक्तित्व पर्शु कार्की, पथरी जेसीज वर्ष २०२४ का अध्यक्ष तथा सिनेटर राजकुमार विश्वकर्मा, महासचिव निर्मला भट्टराई, मोरङ पत्रकार महासंघका कार्यवाहक अध्यक्ष मोहन भट्टराई, अग्रज पत्रकार अर्जुन जम्नेली राई, पथरी शनिश्चरे नगरपालिकाका सूचना संयोजक सन्तोष राई, ब्लाष्ट दैनिकका दिनेश सुब्बा, सेवारो पोष्ट डटकमका प्रधान सम्पादक फिपराज बेघा, प्रदेश दैनिकका सम्पादक भीमराज अधिकारी , तिम्मा न्युजमा सम्पादक विजय खम्बु, हिमशिखर टीभीका भुमि प्रसाद पाठक, पूर्वाञ्चल दैनिकका छविराज ढकाल, रूपेन्द्र शेर्मालगायतका पत्रकारहरू तथा जेसीज पदाधिकारीहरूको उपस्थिति रहेको थियो।



137 पटक हेरिएको 












