वडाको जन्मदर्तासँगै फोटोफ्रेम होम डेलिभरि सेवा

सखुवारा । पथरी शनिश्चरे नगरपालिका वडा नं. ८ ले वडावासीहरुको सुविधाका लागि गत वर्षदेखि नेपालमा नै प्रथम पटक सरकारले जनतालाई कागजपत्र होमडेलिभरी गर्नेगरी ‘वडादेखि ढोकासम्म’ कार्यक्रम निरन्तर सञ्चालन भइरहेको छ ।
बच्चा जन्मेको ३५ दिनभित्र वडा कार्यालयमा म्यासेन्जर, इमेल, वाट्सएप आदिबाट सूचना भएको खण्डमा वडाले जन्मदर्ता लगायतको कागजात घरमै लगिदिने गरेको छ । यस कार्यक्रमलाई थप व्यवस्थित तथा प्रभावकरी बनाउनको लागि अब वडा नं. ८ भित्र जन्मने बालबालिकाहरुलाई चिनो स्वरुप फोटो सहितको फ्रेम उपहार जन्मदर्तासँगै होमडेलिभरी गर्ने कार्यको मंगलबारदेखि औपचारिक रुपमा सुरुवात भएको छ ।
वडाले माझी टोल निवासी मिलन परियार र भोजकुमारी परियारको छोरा अमन परियार लाई जन्मदर्ता साथै फोटोफ्रेम घरमै गएर हस्तान्तरण गरेको छ । वडा अध्यक्ष नवीन कार्की, वडा सचिव बालकृष्ण राई, वडा सदस्य झमकबहादुर लिम्बु सहितको टोलीले होमडेलिभरी गरि फोटोफ्रेम दिने कार्यक्रमको सुभारम्भ गरिएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार