संस्थागत विद्यालयका सञ्चालकहरुसंग बैठक

पथरी । पथरी शनिश्चरे नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा संस्थागत विद्यालयका सञ्चालक/निर्देशक तथा प्रिन्सिपलहरूको बैठक सम्पन्न भएको छ ।
मंगलबार भएको बैठकमा यस नगरपालिका भित्र सञ्चालित ४१ वटा संस्थागत विद्यालयमा पथरी शनिश्चरे नगरपालिकाबाट जारी शिक्षा ऐन अनुसार विद्यालय व्यवस्थापन समिति गठन गर्ने, विद्यालयको व्यवसाय दर्ता तथा नविकरण गर्ने, अनिवार्य तथा निःशुल्क शिक्षा ऐन, २०७५ को कार्यान्वयन गर्ने पथरी शनिश्चरे नगरपालिका भित्रका विद्यालयहरूलाई बर्गीकरण गरी शुल्कमा एकरूपता कायम गर्ने, पाठ्यक्रम विकास केन्द्रबाट र नगरबाट जारी स्थानीय पाठ्यक्रमको पूर्ण कार्यान्वयन गर्ने तथा नगर स्तरीय कक्षा–८ को परीक्षालाई अन्तर विद्यालयमा केन्द्र निर्धारण गरी सञ्चालन गर्ने विषयमा शिक्षा शाखा प्रमुख नविन खुलालले प्रस्तुति सहित सहजीकरण गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार