४ औषधि पसलमा किन सिलबन्दी गरियो ?

पथरी ।  औषधि व्यवस्था विभाग विराटनगर , इलाका प्रहरी कार्यालय पथरी, पथरी शनिश्चरे नगरपालिकाको  संयुक्त टोलीले औषधि पसलहरुमा सिलबन्दी गरेको छ ।
बुधवार नगर उप–प्रमुख देविमाया काफ्लेको संयोजकत्वमा गरिएको अनुगमन टोलीले ४ वटा औषधि पसलमा सिल गरेको हो । पथरी शनिश्चरे वडा नं. ९ को पुलचौकको देवराज आचार्यको औषधि पसल, वडा नं. ७ को बकैना डाँडामा आफ्नै निवासमा सञ्चालित प्रेम लिम्बुको औषधि पसल सिल गरिएको छ । दुवै औषधि पसलको दर्ता प्रमाण–पत्र नभएको र मिति सकिएका औषधिहरु पसलमा भेटिएकोले सिल गर्नुपरेको औषधि व्यवस्था विभाग विराटनगरका फार्मेसी अधिकृत अनिल परियारले जानकारी दिए।
यसैगरी वडा नं. ६ को भातेगौडामा रहेको औषधि पसल र वडा नं. ४ को सम्झना चौकमा रहेको औषधि पसल पनि  सिल गरिएको छ । सो अनुगमनमा इलाका प्रहरी कार्यालय पथरीका प्रमुख मोहन विक्रम दाहाल, नगरका स्वास्थ्य शाखाका सिअहेव एकराज खत्री, जनप्रतिनिधिहरु, सञ्चारकर्मीहरु र नगर प्रहरीको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार