पेस्तोलसहित १ जना पक्राउ

झापा । जिल्लाको अर्जुनधारा नगरपालिका- ४ का ६२ बर्षीय ईन्द्र बहादुर आङ्देम्बेलाई १ थान कटुवा पेस्तोलसहित प्रहरीले पक्राउ गरेको छ ।

हिजो राति ८ बजे आङ्देम्बेले घरमा अवैध हात हतियार राखेको  सूचनाको आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले आङ्देम्बेलाई पक्राउ गरेको हो । उनको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार