कुटपिट गरि हत्या गरेको आरोपमा पक्राउ

धनकुटा । जिल्लाको सागुरीगढी गाउँपालिका-५ का ५१ बर्षीय नर्बिक बिश्वकर्मालाई कुटपिट गरि हत्या गरेको आरोपमा १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनकुटाको चौबीसे गाउँपालिका- ६ का ५० बर्षीय कमल बिश्वकर्मा रहेका छन् ।

साउन ३० गते मादक पदार्थ सेवन गरी कमल बिश्वकर्माले सामान्य बादबिवादको क्रममा कुटपिट गर्दा घाईते भएका नर्बिक बिश्वकर्माको उपचारको क्रममा धरानको धोपा क्याम्पमा हिजो साँझ मृत्यु भएको हो । हत्यामा संलग्न कमल बिश्वकर्मालाई नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार