चट्याङले लागेर पाँचथरमा बालकको मृत्यु

पाचँथर । जिल्लाको तुम्बेवा गाउँपालिका-३ शहिद पार्क स्थितमा चट्याङले लागेर १ जना बालकको मृत्यु भएको छ ।

हिजो दिउँसो सवा ३ बजे बिद्यालयबाट घर फर्कने क्रममा तुम्बेवा -२ का डिल्ली तिम्सिनाको १५ बर्षीय छोरा दर्शन तिम्सिनालाई चट्याङले लागेर घाईते बनाएको थियो । चट्याङले लागेर घाईते भएका उनलाई उपचारको लागि स्वास्थ्य चौकी मौवा लैजादै गर्दा बाटैमा मृत्यु भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार