पूर्वाञ्चल विश्वविद्यालयमा मेडिकल कार्यक्रम संचालन अनुमति अन्तिम चरणमा पुग्यो : डा. शर्मा

पथरी । संघीय संसदका सांसद डा.सुनिल शर्माले पूर्वाञ्चल विश्वविद्यालयमा मेडिकल कार्यक्रम संचालन अनुमतिको लागि अन्तिम चरणमा पुगेको बताएका छन्।
सोमबार मोरङको पथरी शनिश्चरे -१ मा सांसद डा. शर्माको सम्मानका लागि पथरी-डाइनिया सिटी टोल विकास समितिद्धारा आयोजित एक संक्षिप्त कार्यक्रममा उहाँले सो कुरा बताएका हुन् ।
संसदबाट तलव भत्ता केहि नलिने घोषणा गरेका सांसद् डा.शर्माले आफूले चुनावका समयमा गरेका विकास निर्माण सम्बन्धि प्रतिबद्धताहरू पूरा गर्न लागि परेको भन्दै आफ्नो कार्यकालभरी भ्रष्टाचार नगर्ने र आफूलाई जिताउने आम मतदाताको शीर सधैँ उच्च राख्ने प्रतिबद्धता जनाए । पथरी डाइनिया सडक खण्ड अन्तर्गत पथरी शनिश्चरे -१ को मन्दिर लाईनदेखि बुद्ध चोकसम्मको करिब १ किलोमिटर लामो सडकमा गत आर्थिक वर्ष २०८०/०८१ मा कालोपत्रे गर्न २ करोड ६० लाख रुपैयाँ बराबरको वजेट विनियोजन गराई बिशेष भूमिका निर्वाह गरेकामा वडा नम्बर -१ का वडा अध्यक्ष भीम कुमार राई र टोल विकास समितिका अध्यक्ष कृष्णप्रसाद घिमिरेले धन्यवाद सहित आभार प्रकट उनले गरे।

वडा अध्यक्ष राईले नगरकै बढी जनसंख्या रहेको आफ्नो वडामा विभिन्न सडकहरू भत्किएर जिर्ण अवस्थामा रहेकाले आगामी दिनहरुमा पनि संघीय सरकारबाट बजेट निकासाका लागि पहल गरिदिन आग्रह गरे ।
डा . सुनिल शर्मालाई अबिर र खादा ओढाएर स्वागत सम्मान प्रकट गरिएको सो कार्यक्रममा नेपाली काँग्रेसका क्षेत्रीय सभापति गणेश खड्का, वडा नम्बर १ का वडा सदस्य सुरेश कुमार कार्की, पथरी डाइनिया सडक टोल विकास समिति उपाध्यक्ष पोषराज काफ्ले , समाजसेवी लोकनाथ खरेललगायत सर्वसाधारणको उपस्थिति रहेको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार