डेंगी रोकथाम तथा नियन्त्रणका लागि अन्तरक्रिया

सिरिजङ्गा चोक। मोरङको पथरी शनिश्चरे वडा नं. ३ मा डेंगी रोकथाम तथा नियन्त्रणका लागि अन्तरक्रिया कार्यक्रम आज सम्पन्न भएको छ ।
वडामा डेंगी संक्रमण वृद्धि भएसँगै डेंगी रोकथाम तथा नियन्त्रणका लागि अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो । आजै आइतबारे बजारमा ‘सर्च एण्ड डिस्ट्रोय’ कार्यक्रम सम्पन्न गरिएको छ ।
विशेष गरेर वडाको पिपल चौक, सेर्मा चौक, सगरमाथा टोल र मगर टोलमा डेंगी संक्रमण भएपछि वडावासीलाई सतर्क रहन सो कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा नगरपालिकाका स्वास्थ्य शाखा सह–संयोजक सिअहेव एकराज खत्रीले सहजीकरण गरेका थिए।
कार्यक्रममा वडाका विद्यालयका प्रअहरु, वि.व्य.स. अध्यक्षहरु, वडाका स्वयंसेविका र वडावासीहरुको उपस्थिति रहेको थियो । अब वडाले हरेक टोल टोलमा डेंगी रोकथाम तथा नियन्त्रणका लागि ‘सर्च एण्ड डिस्ट्रोय’ कार्यक्रम सञ्चालन गर्ने वडाध्यक्ष विजय लिम्बुले जानकारी दिए । वडाले यसभन्दा अघि पनि ‘सर्च एण्ड डिस्ट्रोय’ कार्यक्रम गर्दै आइरहेको आधारभूत स्वास्थ्य केन्द्रका अहेव आशिष गौतमले जानकारी गराए । नगरपालिकामा हालसम्म २५ जनाई डेंगी संक्रमण भएको स्वास्थ्य शाखाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार