पथरी । मोरङ जिल्लाको पथरी शनिश्चरे नगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रगति समीक्षा गरेको छ ।
आज नगरपालिकाको सभाहलमा भएको सो समीक्षा कार्यक्रममा नगरपालिकाका शाखा प्रमुखहरु र वडा सचिवहरुले आ–आफ्नो कार्यप्रगति प्रस्तुत गरेका छन् । नगर प्रमुख मोहन प्रसाद तुम्वापोको अध्यक्षतामा भएको सो कार्यक्रममा सुरुवातमा कार्यक्रमको विषयमा प्रमुख प्रशासकीय अधिकृत शशि राईले प्रष्ट्याए । प्रशासन शाखा प्रमुख लुकनाथ पोख्रेलले सञ्चालन गरेको समीक्षा कार्यक्रममा वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरू र विभिन्न शाखाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।


198 पटक हेरिएको 












