विराटचोक । जिल्ला मोरङ सुन्दरहरैचा नगरपालिका वडा नं. ७ मालति टोल स्थित केरा बगानमा विष सेवन गराइ हत्या गर्ने आमालाई प्रहरीले नियन्त्रणमा लिएको छ । ५ दिन अगाडि १ बर्षिया छोरी आईका र ३ बर्षिया छोरी अर्पणा कार्कीको मृत्यु भएको थियो ।
भदौ १९ गते साढे ४ बजे बिर्तामोड नगरपालिका वडा नं.५ स्थित पूर्वपश्चिम राजमार्ग छेउ ऐभरेष्ट बैंक अगाडि हिडरहेको अवस्थामा अभियुक्त अस्मिता कार्कीलाई पक्राउ गरेको हो । सुरुमा आफैले विष खाएको र छोरीहरु पनि विष खुवाएको कार्कीले बताएकी छिन् । मोरङ जिल्ला अदालतबाट ४ दिन म्याद थप गरी इलाका प्रहरी कार्यालय बेलबारीबाट थप अनुसन्धान गरिरहेको जनाएको छ ।