दुर्गाद्वारा अन्तर माविस्तरीय हाजिरी जवाफ प्रतियोगिता

पथरी । दुर्गा मावि पथरी शनिश्चरे वडा न. ७ मोरङले अन्तर मावि हाजिरी जवाफ कार्यक्रम सम्पन्न गरेको छ ।
पथरी शनिश्चरे नगरपालिका भित्रका अन्तर सामुदायिक माध्यमिक विद्यालयस्तरीय कार्यक्रम सम्पन्न भएको हो । नेपाली, अंग्रेजी, गणित र विज्ञान विषयबाट प्रश्नहरुको छनोट गरिएको हाजिरी जवाफ कार्यक्रममा आयोजक विद्यालयसहित ११ वटा विद्यालयका विद्यार्थीहरुले सहभागिता जनाएका थिए । ती मध्ये पथरी शनिश्चरे १ को पंचायत माविका विद्यार्थी प्रथम भएका छन । प्रथम भएका विद्यार्थीलाई नगद पुरस्कार नगद २ हजार र प्रमाण पत्र पथरी शनिश्चरे नगरपालिका कार्यालयका नगर खेलकुद तथा शिक्षा शाखा अधिकृत नवीन खुलाल बुढाथोकी र बिराज राजा कल्याण समाज नेपाल पथरी शनिश्चरे १ मोरङका संरक्षक योगेन्द्रमान कार्कीले संयुक्त रुपमा प्रदान गरेका थिए ।
पथरी शनिश्चरे ७ को चन्द्र किरातेश्वर मावि दोस्रो, पथरी शनिश्चरे ४ को भागीरथ मावि तेस्रो र पथरी शनिश्चरे ५ को सुगाहाट मावि र आयोजक दुर्गा मावि सान्तवना   स्थान हासिल गऱ्यो । विद्यालयका प्रधानाध्यपक यादव घिमिरे, भूपु सैनिक अंग्रेजी स्कुलका प्रिन्सीपल उपेन्द्र कंडेल र मनकामना सामुदायिक वन उपभोक्ता समूहका उपाध्यक्ष मोहन कुमार श्रेष्ठले पुरस्कार रकम र प्रमाण पत्र प्रदान गरे ।
दोस्रोलाई नगद १ हजार ५ सय र प्रमाण पत्र, तेस्रोलाई नगद १ हजार र प्रमाण पत्र र सान्तवनालाई नगद ५ सय रुपैयाँ र प्रमाण पत्रको ब्यवस्था गरेको थियो ।
कार्यक्रममा पथरी शनिश्चरे १ को सुनाखरी मावि, पथरी शनिश्चरे ३ को जनता मावि, पथरी शनिश्चरे ५ को अमरसिंङ मावि, पथरीशश्चिरे ७ को बालकल्याण मावि, पथरी शनिश्चरे ८ को बुद्ध मावि र पथरी शनिश्चरे ९ को सिहबाहिनी माविमा अध्यानरत विद्यार्थीहरुको सहभागिता रहेको थियो । पुरस्कार छनौट नपरेका सहभागी विद्यार्थीहरुलाई यातायात खर्च उपलब्ध गराइएको विद्यालयका प्रधानाध्यापक यादव घिमिरेले जनाए ।
बिराज राजा कल्याण समाज नेपाल पथरी शनिश्चरे १ मोरङका अध्यक्ष बिराज राजा कार्की (हाल अमेरिका) र संरक्षक योगेन्द्रमान कार्कीको आर्थिक सहयोगमा कार्यक्रम आयोजना भएको थियो । कार्यक्रममा आर्थिक सहयोग गर्ने संस्था बिराज राजा कल्याण समाज नेपाल पथरी शनिश्चरे १ मोरङका संरक्षक योगेन्द्रमान काकीलाई कद्धरपत्रले सम्मानित गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार