पथरी शनिश्चरे नगरपालिकाले के-के निर्णय गऱ्यो ?

पथरी । पथरी शनिश्चरे नगरपालिकाको कार्यपालिका बैठकद्वारा विभिन्न निर्णयहरू पारित गरिएको छ ।
आज नगर प्रमुख मोहन प्रसाद तुम्वापोको अध्यक्षतामा बसेको बैठकले ति निर्णयहरू पारित गरेको हो । भू–उपयोग वर्गिकरणको विषयमा उत्पन्न समस्याहरुबारे नापी कार्यालयको कर्मचारी/प्रतिनिधि समक्ष छलफल गरी संसोधन गरी चाँडै नै कार्यान्वयनमा ल्याउने, पथरी शनिश्चरे वडा नं. ३ आइतबारेमा प्रहरी चौकी स्थापना गर्न सम्वन्धित निकाय समक्ष अनुरोध गर्ने, पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाका लागि विद्यालयको भर्ना समयमा बालबालिका पूर्ण खोप पाएको सुनिश्चितताको लागि खोप कार्य अनिवार्य रुपमा हेरी विद्यालय भर्ना प्रक्रिया अगाडि बढाउन परिपत्र गरिने, ई–रिक्सा दर्ता दस्तुर २ सय रुपैयाँ तोकिने, गत वर्ष अधुरो रहेको विपन्न नागरिक आवास कार्यक्रम अन्तर्गत निर्माणाधीन घरहरुलाई आ.व.२०८१/ ८२ मा सम्पन्न गरिने र नगर प्रहरीको लागि सेवा करारमा लिने सम्वन्धी सूचना प्रकाशन गर्ने लगायतको निर्णयहरू पारित गरिएको नगरका प्रवक्ता नविन कार्कीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार