सिंहबाहिनी  प्रथम

पथरी । ‘पढाइमा सामाजिक सञ्जालको प्रयोग र प्रभाव’ बिषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।

बाल दिवसको अवसरमा सुनाखरी मावि पथरी शनिश्चरे १ ले आयोजना गरेको प्रतियोगितामा सिंहबाहिनी माविको सरु आचार्य प्रथम भएकी छन् । १० विद्यालय सहभागी वक्तृत्वकलामा चन्द्र किरातेश्वर माविकी अंकिता तामाङ दोस्रो, भागीरथ माविकी प्रतिमा चेम्जोङ लिम्बू तेस्रो र दुर्गा माविकी अस्मिता रसाइली सान्त्वना पुरस्कार प्राप्त गरेका छन् ।
विजेता विद्यार्थीहरुलाई नगद, मेडल तथा नगद पुरस्कार पथरी शनिश्चरे नगरपालिका खेलकुद तथा शिक्षा विभाग प्रमुख नवीन खुलाल , १ नं. वडाका अध्यक्ष भीमकुमार राई, विद्यालय सञ्चालक समितिका अध्यक्ष प्रदिपकुमार राई, प्रधानाध्यापक भूमिकादेवी मगर, विद्यालयका सल्लाहकार अर्जुन जम्नेली राईलगायतको हातबाट वितरण भएको थियो । कार्यक्रममा सुनाखरी माविमा अध्ययनरत छात्राहरु इन्द्रकुमारी देवान, अनुसा सुनाम, मन्दिर लिम्बुलगायतले नृत्य तथा गीतहरु प्रस्तुत गरेर मनोरञ्जन दिएका थिए ।
सुनाखरी माविमा चाम्लिङ भाषा पठनपाठनहुँदै आएको छ । पथरीशनिश्चरे नगरको आर्थिक सहयोगमा प्रकाशित कक्षा -५ सम्मको पुस्तक विद्यालयलाई हस्तान्त्रण गरिएको छ ।  यसैवीच ५३ लाख बराबरको लागतमा निर्माण भएको चार कोठे पक्की भवन नगरप्रमुख मोहनप्रसाद तुम्बापोको हातबाट रिवन काटेर उद्घाटन गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार