पथरी । असोज ५ गतेदेखि सञ्चालन हुने प्रथम पथरी शनिश्चरे गोल्डकप सम्पन्न गर्नको लागि आयोजकले तीव्रता दिएको छ ।
ए डिभिजन क्लबसहित ८ टिमले सहभागिता जनाउने गोल्डकप पथरी ११ फुटबल क्लबले आयोजना गर्दैछ । प्रतियोगितामा भारतीय क्लब युकेएफसी, झापा ११, सहलेस क्लब सर्लाही, पाचथर एफसी, आयोजकले सहभागिता जनाउने निश्चित भइसकेको र ए डिभिजन क्लबहरुले पनि सहभागिता जनाउने तर टिमको फिक्स नभएको खेल संयोजक जितन राईले जानकारी दिए । असोज १२ गतेसम्म सञ्चालन हुने गोल्डकप पथरी शनिश्चरे वडा नं. १ को जाँते मोडमा हुनेछ ।
प्रथम पथरी शनिश्चरे गोल्डकप २०८१ को विजेताले ट्रफीसहित ३ लाख र उप विजेताले २ लाख नगद प्राप्त गर्ने क्लबका अध्यक्ष सुमन विकले जनाए । गोल्डकप सम्पन्न गर्न करिव ४० लाख रुपैया लाग्ने र प्रतियोगिताको खेल अवधिभर करिव ५० हजार दर्शकले खेल अवलोकन गर्ने आयोजकको अनुमान छ । प्रतियोगिता संचालनका लागि आयोजकले देश तथा विदेशमा रहेका नेपालीहरुबाट सहयोग प्राप्त गरिरहेको छ । पथरीशनिश्चरे नगरपालिका, स्थानीय संघ सस्थाले समेत प्रतियोगिता संचालनका लागि सहयोग उपलव्ध गराउने प्रतिबद्धता जनाएको छ । आयोजकले आयव्यय पारदर्शी हुने र फजुल खर्च नगर्ने भएकाले गोल्डकप सफल बनाउन सबैले सहयोग गर्न अपिल गरेको छ। गोल्डकपको मिति नजिकिँद गर्दा आर्थिक सहयोग जुटाउन, ए डिभिजन लिग खेलेको क्लब समावेश गर्न, मैदान निर्माण, प्याराफिट तयार लगायत काम गर्न आयोजकलाई भ्याइ नभ्याई छ । गोल्डकपका संयोजक राईका अनुसार करिव ३५ सय दर्शक अटने प्याराफिट बनाउने काम र मैदान मर्मतको काम अन्तिम चरणमा पुगेको छ ।


309 पटक हेरिएको 









