विराटनगर । मोरङको बुढिगंगा गाउँपालिका-५ मा करेन्ट लागेर एक दम्पतीको मृत्यु भएको छ । मृत्यु हुनेमा भारत भागलपुरका ७५ बर्षीय कैलाश मण्डल र उनको श्रीमती ७२ बर्षीया कुमा देबी मण्डल रहेका छन ।
भदौ २६ गते बिहान कोठा भाडामा लिई खेतीपाती गर्दै आएका दम्पत्तीले खेतमा पानी लगाउन मोटर जडान गरी ट्युवेल चलाउने क्रममा बिधुत सर्ट भइ करेन्ट लाग्दा दुबै जनाको घट्नास्थलमानै मृत्यु भएको हो । लाशलाई पोष्टमार्टमको लागि कोशी अस्पताल पठाएको छ भने घटना सम्वन्धमा थप अनुसन्धान गरिहेको प्रहरी कार्यालयले जनाएको छ ।


163 पटक हेरिएको 




