पथरी । आर्थिक वर्ष २०८०/०८१ को स्थानीय तहमा उत्तर प्रसुति घरभेट कार्यक्रमको समीक्षा तथा आ.व.२०८१/०८२ को योजना समीक्षा गोष्ठी सम्पन्न भएको छ ।
आज नगरपालिकाको सभाहलमा नगर प्रमुख मोहन प्रसाद तुम्वापोको प्रमुख आतिथ्यमा सो कार्यक्रम सम्पन्न भएको हो । पथरी शनिश्चरे नगरपालिकाको आयोजनामा भएको सो कार्यक्रममा नगर अस्पताल, नगरका आधारभूत स्वास्थ्य सेवा केन्द्रहरुबाट आ–आफ्नो योजनाहरु स्वास्थ्यकर्मीले प्रस्तुत गरेका छन् । नगर उप–प्रमुख देविमाया काफ्ले , प्रमुख प्रशासकीय अधिकृत शशि राई, नगर स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्य, जनस्वास्थ्य अधिकृत जगत प्रसाद मगर, सिअहेव अधिकृत एकराज खत्री, नगरका स्वास्थ्यकर्मीहरुको उपस्थिति रहेको थियो ।


171 पटक हेरिएको 









