पथरी । ‘बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी’ भन्ने मूल नाराका साथ ६० औं राष्ट्रिय बाल दिवसको अवसरमा निबन्ध लेखन तथा वक्तृत्वकला प्रतियोगिता भएको छ ।
नगरको आर्थिक वर्ष २०८१/०८२ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार निबन्ध लेखन तथा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको हो । नगर प्रमुख मोहन प्रसाद तुम्वापोको अध्यक्षतामा भएको सो कार्यक्रममा नगर भित्रका २१ सामुदायिक तथा निजी विद्यालयहरुको सहभागिता रहेको थियो। नगरपालिकाको आयोजनामा भएको सो प्रतियोगिताको संयोजन महिला तथा बालबालिका शाखा प्रमुख गिता कट्टेलले गरेकी थिइन् । कार्यक्रममा वडा नं. २ का अध्यक्ष नैना राई, वडा नं. ३ का अध्यक्ष विजय लिम्बु, कार्यपालिका सदस्य मिना तामाङ, अन्जना दर्जी, राजश्व शाखा प्रमुख तारा प्रसाद ढकाल, शिक्षा शाखा प्रमुख नविन खुलाल, शिक्षा शाखा प्राविधिक विना मिश्र, महिला तथा बालबालिका शाखाकी कर्मचारी सृजना भट्टराई, विभिन्न निजी तथा सामुदायिक विद्यालयका शिक्षकहरु लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमको समापन भोलि हुने आयोजकले जनाएको छ ।