पथरी । पथरी शनिश्चरे नगरपालिकाको आर्थिक वर्ष २०८०/ ०८१ को पालिकास्तरीय पोषण कार्यक्रमको समीक्षा तथा योजना तर्जुमा गोष्ठी सकिएको छ ।
शनिबार नगरपालिकाको सभाहलमा भएको सो कार्यक्रम दुई दिनसम्म सञ्चालन भएको थियो । पथरी शनिश्चरे नगरपालिकाको आयोजनामा भएको सो कार्यक्रमको अध्यक्षता नगरका प्रमुख प्रशासकीय अधिकृत शशि राईको रहेको थियो । नगरका आधारभूत स्वास्थ्य केन्द्रका प्रतिनिधिहरूको उपस्थितिमा सो कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा स्वास्थ्य शाखाका जनस्वास्थ्य अधिकृत जगत प्रसाद मगरले सहजीकरण गरेका थिए ।