लागुऔषध गाँजा बोकेको २ वटा सवारी साधनसहित  पथरी र विराटनगरबाट ६ जना पक्राउ

पथरी । मोरङको बिराटनगर महानगरपालिका- १५ र १७ बाट प्रतिवन्धितलागुऔषध गाँजा बोकेको दुई वटा सवारी साधनसहित ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

भदौ ३१ गते बिहान साढे १० बजे इलाका प्रहरी कार्यालय रानी र लागुऔषध नियन्त्रण व्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले बिराटनगर-१५ मा बा.८च ७८८० नम्बरको कारलाई चेकजाँच गर्दा कारको पछाडि सिटमुनी लुकाई छिपाई राखेको ४३ किलो ग्राम गाँजा बरामद गरिएको छ। कार चालक बिराटनगर-१५ का ३२ बर्षीय गणेश चौधरी र कारमा सवार रहेका बिराटनगर-१३ का २२ बर्षीय रोजेश परीयारलाई नियन्त्रणमा लिएको छ ।
त्यस्तै राती साढे ८ बजे सोही टोलीले बिराटनगर-१७ मण्डा पोखरीमा को. २ च ७५९ नम्बरको स्कार्पीयो गाडीलाई चेकजाँच गर्दा गाडीको पछाडि लुकाई छिपाई राखेको अवस्थामा १४६ किलो ग्राम गाँजा बरामद गरेको हो । लागुऔषध गाँजा बरामद भए संगै गाडी, चालक सुनसरी धरान-१७ का ४५ बर्षीय सुक्षिम राई र गाडीमा सवार धरान-११ का ४६ बर्षीय देवराज राईलाई समेतलाई नियन्त्रणमा लिएको छ ।

भदौ ३१ गते इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले पथरी शनिश्चरे नगरपालिका-१ का २२ बर्षीय कर्ण लिम्बुलाई ४ ग्राम लागुऔषध ब्राउन सुगर सहित पक्राउ गरेको छ । विराटनगर महानगरपालिका-१५ ढाटबाट झापा गौरादह नगरपालिका-७ का १९ बर्षीय मन्जिल चौधरीलाई ९३ मिलिग्राम ब्राउन सुगर सहित लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ । पक्राउ परेका उनिहरुको सम्बन्धमा प्रहरी कार्यालयले अनुसन्धान गरिरहेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार