पथरीमा इ-रिक्सा चालकलाई विलवुक वितरण 

पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकामा ई–रिक्सा व्यवस्थापन समितिले विलबुक वितरण गरिएको छ ।

स्थानीय तहमा यातायात कार्यालयबाट स्थान्तरण गरेर आइसकेपछि नगरपालिकाबाट विलबुक वितरण गरिएको हो । बुधबार नगरपालिकामा ई–रिक्सा व्यवस्थापन समितिका संयोजक संयोजक विरध्वज शिवा र राजश्व शाखा प्रमुख तारा प्रसाद ढकालले विलबुक वितरण गरेका हुन् । संयोजक शिवाले भने,‘ई–रिक्सा व्यवस्थापन समितिले पालिकामा दर्ताको लागि प्रदेशमा सिफारिस पठाई पालिकामा दर्ता प्रक्रिया सुरु भई विलबुक वितरणको काम सुरु गरिएको हो ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार