सखुवारा । पथरी शनिश्चरे नगरपालिकाका प्रवक्ता एवं वडा नं. ८ का अध्यक्ष नविन कार्कीले आफूले प्रयोग गर्दै आएको को. १ ब. १५९० नम्बरको सरकारी मोटरसाइकल प्रहरीलाई हस्तान्तरण गरेका छन् ।
आज सवारी साधन नभएर सेवा प्रवाह सहज ढंगले दिन असहज भइरहेको पथरी शनिश्चरे वडा नं. ४ कुशल बजार प्रहरी चौकीलाई अध्यक्ष कार्कीले मोटरसाइकल हस्तान्तरण गरेका हुन्। सो मोटरसाइकल हस्तान्तरण कार्यक्रममा नगर प्रमुख मोहन प्रसाद तुम्बापो, उप–प्रमुख देविमाया काफ्ले, ईलाका प्रहरी कार्यालय पथरीका प्रमुख डिएसपी मोहनविक्रम दाहाल, वडा सदस्य र वडावासीहरुको उपस्थिति रहेको थियो ।


149 पटक हेरिएको 




