विराटनगर । मोरङको बिराटनगर महानगरपालिका-२ मा रहेको भाबिया ईन्टरनेशनल इलेक्ट्रिक सोरुमा आगलागी हुँदा प्रहरी र दमकलको सहयोगमा आगो नियन्त्रण गरिएको छ ।
आज अपरान्ह ३ बजे आगो नियन्त्रण गर्न तत्काल जिल्ला प्रहरी कार्यालय मोरङबाट प्रहरी उपरीक्षक नवराज कार्कीसहित ५० जना प्रहरी टोली र ३ वटा बारुण यन्त्रको सहयोगमा पौने ४ बजे आगो पुर्णरुपमा नियन्त्रण गरिएको हो । आगलागीबाट सोरुममा रहेको ईलेक्ट्रिक स्कुटर साईकल ८० थान, ईन्भटर ६० थान, ब्याट्री २ सय थान लगायत सोरुमा रहेका अन्य सामग्रीहरू समेत जलि करिव १ करोड ५० लाख बरावरको क्षेति भएको खुल्न आएको छ ।


101 पटक हेरिएको 












