पथरी शनिश्चरे गोल्डकप: ब्रिगेड ब्वाइज काठमाडौं फाइनलमा

पथरी । प्रथम पथरी शनिश्चरे अन्तराष्ट्रिय गोल्डकपको फाइनलमा पाहुना टोली ब्रिगेड ब्वाइज काठमाडौं पुग्न सफल भएको छ।

आज भएको दोस्रो सेमिफाइनलमा काठमाडौंले कडा स्पर्धाका बीच झापा ११ लाई पाखा लगायो । नियमित समयमा गोलरहित बराबरी टुङ्गियो । पेनाल्टी सुटआउटमा पनि ४–४ गोलको बराबरी भयो । त्यसपछि सडन डेथमा झापालाई पराजित गर्दै ब्रिगेड ब्वाइज फाइनल पुऱ्यो । ब्रिगेडका दिवाकर चौधरी म्यान अफ दि म्याच घोषित भएसँगै पाँच हजार रुपियाँ प्राप्त गरे ।


अव ब्वाइजले संकटाको सामना गर्नेछ। फाइनल खेल प्रस्तावित पथरी रंगशाला जातेमोडमा असोज १२ हुनेछ । घरेलु टोली आयोजक पथरी ११ लाई संकटाले हराउँदै फाइनलमा पुग्न सफल भएको थियो ।

गोल्ड कपको विजेताले तीन लाख र उपविजेताले दुई लाख रुपियाँ पुरस्कार पाउनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार