पथरी। मोरङको पथरीमा सञ्चालित अन्तर्राष्ट्रिय आमन्त्रण प्रथम इन्ट्रा पथरी शनिश्चरे गोल्डकप-२०८१ उपाधिका लागि शनिवार संकटा क्लब काठमाडौँ र ब्रिगेड ब्वाइज ललितपुर भिड्दैछन् ।फाइनल खेल आज दिउँसो २ बजे पथरी रंगशाला जाते मोडमा सञ्चालन हुनेछ ।
बुधवार भएको खेलमा संकटाले टाईब्रेकरमा आयोजक पथरी ११ लाई हराउँदै फाइनलमा प्रवेश गरेको थियो । बिहीबार भएको सेमिफाइनलमा झापा ११ लाई ब्रिगेड ब्वाइजले टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो । गोल्ड कपको विजेताले तीन लाख र उपविजेताले दुई लाख रुपियाँ पुरस्कार पाउनेछ ।
पथरी शनिश्चरे गोल्ड कप २०८१ असोज ५ गते शनिवारदेखि भएको थियो । असोज ५ गते आयोजक इन्ट्रा पथरी ११ फुटबल क्लब मोरङ र पाँचथर क्लब, ६ गते झापा फुटबल क्लव झापा र धरान सिटि फुटबल क्लब , ७ गते U K F C भारत र संकटा क्लब काठमाडौ , ८ गते ब्रिगेट वोइज क्लब काठमाडौं र सहलेश युबा क्लब सिरहा वीच खेल भएको थियो ।