पथरी । पश्चिम बस स्टेण्ड पथरी शनिश्चरेमा कुटपिटबाट सक्त घाईते बनेका एक व्यक्तिको स्वास्थ्य अवस्था गम्भीर रहेको छ।
हाल कोशी अञ्चल अस्पताल विराटनगरमा उपचारत नाम र ठेगाना खुल्न नसकेका व्यक्तिको अवस्थामा गम्भीर रहेको इलाका प्रहरी कार्यालय पथरीका प्रमुख डीएसपी मोहन विक्रम दहालले बताए।
अस्पतालको आकस्मिक कक्षमा उपचाररत ती व्यक्तिको अझैपनि होस आएको छैन्। सोमबार बिहान ७ः२० वजे तराईवासी जस्तो देखिने अन्दाजी ३५/४० वर्षका व्यक्तिलाई भारत वेस्ट बङगाल आलेपुर दवा जिल्ला बस्ने ३०वर्षे शन्तबिर लामाले ढुङगाले टाउकोमा प्रहार गरेका थिए ।
कुटपिट गरिरहेको अवस्थामा तत्कालै इप्रका पथरीबाट प्रहरी निरीक्षक देविदत्त मोतेको कमाण्डमा खटिएको प्रहरी टोलीले निज अभियुक्त लामालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको प्रमुख डीएसपी मोहन विक्रम दहालले जनाए ।