लर्ड बुद्धले २ करोड ५४ लाख आम्दानी गऱ्यो

पथरी । लर्ड बुद्ध बचत तथा ऋण सहकारी संस्था लिमिटेड पथरी शनिश्चरेले २ करोड ५४ लाख ७० हजार ६ सय २२ रुपैया आम्दानी गर्न सफल भएको छ ।

आज सम्पन्न २२ औँ वार्षिक साधरण सभामा सो आम्दानी भएको बताइएको हो । संस्थाका कोषाध्यक्ष दोर्ण खडकाले प्रस्तुत गरिएको आर्थिक प्रतिवेदनमा २ करोड २० लाख २९ हजार ६ सय ५१ खर्च भएको र ३४ लाख ४० हजार ९सय ७० आयकर अघिको शुद्ध वचत भएको उल्लेख छ। लेखा संयोजक चन्द्र प्रसाद खनालले निक्षेपमा २६ .९८% , शेयरमा १७.४७%, आम्दामीमा ७.०६% वृद्धि भएको बताएका छन् । संस्थाका सचिव महेन्द्र ढुङ्गानाले कार्यप्रगति विवरण तथ  प्रस्तावित वार्षिक प्रतिवेदन पेश गरिएको सभामा पथरी शनिश्चरे वडा नम्बर ७ का वडाध्यक्ष उद्धवराज बस्नेत, पूर्व अध्यक्ष दिल बहादुर तामाङलगायतले शुभकामना मन्तव्य व्यक्त छन् ।

सोही सभामा पूर्व सञ्चालक अमृता अधिकारी खत्री सम्मानित भएकी छिन् भने उत्कृष्ट बचत कारोबारकर्ता गङ्गा राई तथा खगेन्द्र कुमार सारू मगर, उत्कृष्ट ऋण कारोबारकर्ता कमला राई तथा अर्जुन सेन्चुरी, उत्कृष्ट बाल बचतकर्ता संजिब कुमार गुप्ताको छोरालाई पुरस्कृत गरिएको छ ।

पथरी शनिश्चरे वडा नम्बर ०२ को बुद्ध चोकमा मुख्य कार्यालय रहेको लर्ड बुद्धको कीर्तिपुर र पुलचोकमा सेवा केन्द्र रहेको छ ।
कुल ३ हजार ३ सय ५२ जना सेयर सदस्य रहेको लर्ड बुद्धले वि.सं. २०७४ साल वैशाखदेखि जेष्ठ सदस्य आजीवन भत्ता पेन्सन सुविधा प्रदान गर्दै आएको छ ।  मासिक ८ सय ५० का दरले तीन महिनासम्मको एकमुष्ट पेन्सन रकम प्रदान गर्दै आएको छ । संस्थाले मासिक तथा आवधिक बचत, कर्जा प्रवाह कारोबार, सदस्य राहत, जेष्ठ सेयर सदस्यलाई आजीवन भत्ता वितरण, जेष्ठ सदस्य सम्मान, रक्तदान, विद्यार्थी छात्रवृत्ति, सहकारी सम्बन्धी वक्तृत्व कला प्रतियोगितालगायतका कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार