
शनिश्चरे । पथरी शनिश्चरे नगरपालिका वडा नं. ४ ले विधिवत रुपमा नव आगन्तुक शिशुलाई स्वागत कार्यक्रमको सुरुवात गरेको छ । बिहिवार वडामा नवआगन्तुक शिशुलाई स्वागत कार्यक्रमको विधिवत रुपमा शुभारम्भ गरिएको वडाध्यक्ष लोकनाथ न्यौपाने (लोककिरण)ले जानकारी दिए।वडाको शुक्रबारेका बाबुराम राई र कविता राईको शिशुलाई वडाले स्वागत गरेको हो । वडा कार्यालयको नियमित कार्यक्रम अन्तर्गत सुरुवात गरिएको योजना वडामा जन्मिने सबै शिशुको जनप्रतिनिधिबाट ‘शिशुको मुख हेर्ने’ र सुत्केरी आमालाई न्वारनमा कुखुराको भालेसहित सामग्रीहरू हस्तान्तरण गर्ने प्रचलन सुरूवात गरिएको वडाले जनाएको छ ।