‘माङतोक राष्ट्रिय सहिद हुन् ‘

सिरिजंगा चोक । सहिद राजकुमार आङ्देम्बे ‘माङ्तोक’को १७ औ स्मृति दिवस मोरङको पथरी शनिश्चरे ३ को सावाहाङ जोङ सिरिजंगा चोकमा मनाइएको छ।

असोज २० गते लिम्बुवान सर्वपक्षीय गोलमेल सम्मेलन आयोजक समितिले माङतोक स्मृति दिवस-५०८४ मनाएको हो। समितिका संयोजक हाङसा पालुङवाले सहिद माङतोक लिम्बुवान भूमिको मात्र होइन, देशको राष्ट्रिय सहिद भएको बताएका छन् । ‘माङतोक लिम्बुवानको सहिद मात्र होइन, देशको राष्ट्रिय सहिद हुन् , उनले भने, ‘लिम्बुवानको मात्र सहिद भनेर साघुरो घेराबाट हेरिनु हुँदैन ।’ कार्यक्रममा थारूहट कोचिला राज्य संघर्ष समितिका मोरङ इञ्चार्ज मनोज विश्वास, पहिचान आन्दोलनका अग्रज तथा पूर्व वडा अध्यक्ष श्री प्रसाद तुम्बापो र लिम्बुवान आन्दोलनका युवा नेता राज पयाङगुले पहिचानको आन्दोलनमा उत्पीडित समुदाय एक हुनु पर्नेमा जोड दिएका छन् ।

को हुन् माङतोक ?

बि.सं. २०६४ साल असोज २० गते शसस्त्र प्रहरीको गोली लागि इलाम चुलाचुली १ कमलका राजकुमार आङदेम्बे ‘माङतोक ‘को निधन भएको थियो । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदलगायत विभिन्न पार्टीहरुको संघीय गणतान्त्रिक मोर्चाले पहिलो संविधान सभाको चुनाव पूर्ण समानुपातिक चुनाव प्रणालीबाट गर्नु पर्ने, अरुण सप्तकोशी पूर्वको नौ जिल्लालाई लिम्बुवान स्वायत्त राज्य बनाउनुपर्ने मागसहित अनिश्चितकालीन बन्दको क्रममा सरकारले माई नदी पश्चिम सिमाना देखि मावा खोला पूर्वको सिमानालाई रोडजोन घोषणा गर्दै कर्फू लगाएको थियो । सोही बेला माङतोकको शहादत्त प्राप्त गरेका थिए। राज कुमार आङ्देम्बे ‘माङ्तोक’को पूर्ण कदको शालिक चुलाचुली गाउँपालिका वडा नं. १ कमल मिलडाँडामा निर्माण गरिएको छ । सहीद राजकुमार आङदेम्बे आधुनिक पहिचानवादीहरुको पहिलो शहीद हुन् । सहीद माङतोकको नाममा  प्रतिष्ठान पनि स्थापना गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार