रेडस्टार माविद्वारा नयाँ आगन्तुक विद्यार्थीहरूलाई स्वागत 

पथरी । रेडस्टार माध्यमिक विद्यालय पथरी शनिश्चरेले मंगलवार नव आगन्तुक विद्यार्थीहरूलाई स्वागत गरेको छ।

कक्षा- १२ मा अध्ययनरत विद्यार्थीहरूले शैक्षिक सत्र-२०८१ का लागि कक्षा ११ मा भर्ना हुने नव आगन्तुक विद्यार्थीहरूलाई स्वागत गरेका छन् । कार्यक्रममा कमेडी च्याम्पियनका संस्थापक निर्णायक ( जज ) समेत रहेका नेपाली हाँस्य क्षेत्रका लोकप्रिय कलाकार मनोज गजुरेलले आफ्नो हाँस्य प्रहर्सन प्रस्तुत गरे । विद्यार्थीहरूले नृत्य, गायन तथा अन्य विविध प्रस्तुतिहरू पस्केर मनोरञ्जन प्रदान गरेका थिए ।
राष्ट्रिय परीक्षा बोर्ड विराटनगरका प्रमुख जीवन गड्तौलाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको अध्यक्षता रेडस्टार माध्यमिक विद्यालयका निर्देशक तथा प्रिन्सिपल टी. एन. तिम्सिनाले गरेका थिए ।कार्यक्रममा हिसान कोशी प्रदेशका सचिव दिपेश बास्तोला, हिसान अध्यक्ष अमित ढकाल, पथरी शनिश्चरे नगरपालिकाका खेलकुद, यूवा तथा शिक्षा शाखा प्रमुख नवीन खुलाल बुढाथोकी, पूर्वमेयर दिलिप कुमार राई, रेडस्टार माविका आई.एस.ए. को-ओडिनेटर तथा प्रबन्धक राजु तिमिल्सिना, नम्बर ४ का वडाध्यक्ष लोककिरण न्यौपाने, वडा नम्बर ७ का वडाध्यक्ष उद्धवराज बस्नेत, वडा नम्बर १ का भीम कुमार राई, विद्यालयका संस्थापक विजय डाँगी र सुजन तिमिल्सिना, साहित्यकार भुपेन्द्रराज तिमिल्सिना, माउन्ट हर्मन एकेडेमीका राजेश कार्की लगायतको उपस्थिति रहेको थियो।
साउनमा प्रकाशित नतिजाअनुसार कक्षा १२ मा ९० दशमलव ९९ प्रतिशत रेडस्टारका विद्यार्थी सफल भएको थियो ।विद्यालयका छात्र विपिन पोखरेलले ३ दशमलव ८१जीपीए सहित व्यवस्थापन संकायमा कोशी प्रदेशकै उत्कृष्ट नतिजा प्राप्त गरेका थिए। उनीसँगै कृतिका भट्टराईले ३ दशमलव ७५ एलन थेगिम लिम्बुले ३ दशमल ७१ भुवन घिमिरे र नम्रता बुढाथोकीले प्राप्त गरेका थिए। यसैगरी, राष्ट्रिय परीक्षा बोर्डद्वारा २०८० चैत महिनामा सञ्चालित एसईई परीक्षामा सामेल दुई विद्यार्थी अजय लिम्बू र सतिश आचार्यले ४ जीपीए ल्याउँदै पूर्वी मोरङमै सर्वोत्कृट नतिजा हासिल गरेका थिए। ब्रिटिस काउन्सिल अन्तर्राष्ट्रिय अवार्ड प्राप्त यस विद्यालय पछिल्लो समयमा पथरीशनिश्चरे नगरमै एक अब्बल शैक्षिक ‘हब ‘को रूपमा स्थापित भइसकेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार