विपन्न परिवारलाई खाद्यान्न सहयोग

पथरी । मोरङको पथरी शनिश्चरे १ को वडा कार्यालयले ५० अति विपन्न परिवारलाई खाद्यान्न सहयोग गरेको छ।
आज बिहिबार वडा कार्यालयको परिसरमा “विपन्नसँग वडाध्यक्ष कार्यक्रम” अन्तर्गत वडाभित्रका अति नै विपन्न परिवारलाई खाद्यान्नवापत २५ केजीको एक बोरा चामल र २ केजी तौलको सिंगो कुखुराको मासु वितरण गरेको हो ।
अरुको जस्तै यी विपन्नहरूको पनि घर आँगनीमा दशैँ जस्ता चाडपर्वहरू आउन सकोस् भन्ने अभिप्रायले वडा कार्यालयबाट गरिब तथा विपन्नमध्येंबाट पनि अति नै विपन्न ५० परिवारलाई छनोट गरी खाद्यान्न प्रदान गरिएको वडा अध्यक्ष भीमकुमार राईले जानकारी दिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार