निषेधित औषधिसहित पक्राउ

धरान । सुनसरीको धरान उपमहानगरपालिका-८ तिनकुने स्थितबाट ठुलो परिमाणमा निषेधित औषधिसहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

असोज २८ गते बेलुकी ७ बजे अस्थायी प्रहरी चौकी तिनकुने धरानबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भद्रपुरबाट धरानतर्फ आउदै गरेको को १ ख ७४५१ नंम्बरको मोटरसाईकल सवार मोरङ बिराटनगर महानगरपालिका -१२ का २७ वर्षिय राकेश कुमार यादव पक्राउ परेका हुन् । जेब्रा झोलामा लुकाई छिपाई राखेको अवस्थामा निषेधित औषधी स्पास्मो १७ हजार ५ सय चक्की सहित उनीपक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार