
पथरी । मोरङको पथरी शनिश्चरेमा जारी प्रथम वडाध्यक्ष भेट्रान्स पथरी शनिश्चरे गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा आयोजक टिम पुगेको छ ।
आयोजक पथरी शनिश्चरे भेट्रान्स फुटबल क्लबले केराबारी भेट्रान्सलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो। खेलमा दुवै टिमबाट बराबरी गोल भएपछि ट्राइबेकर मार्फत पथरी शनिश्चरे भेट्रान्सल ४-२ गोल अन्तरले केराबारीलाई पाखा लगायो । पथरी रङ्गशालामा सञ्चालन भैरहेको सो प्रतियोगिताको निर्धारित समयमा दुवै टिमबाट दुई-दुई गोल लाग्यो । खेलमा पथरी शनिश्चरे भेट्रान्स फुटबल क्लबका डिफेन्डर अनिल चुडाल भेट्रान्स अफ दि म्याच घोषित भए। उनलाई शान्ति भुल्के सामुदायिक वनका अध्यक्ष कुलमणि गुरुङ , सामाजिक व्यक्तित्व तथा अभियान्ता प्रदिपकुमार राई, पथरी शनिश्चरे नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मुरारी प्रसाद आचार्य, पथरी शनिश्चरे भेट्रान्स फुटबल क्लबका अध्यक्ष टिकाराम राईले संयुक्त रुपमा नगदसहित मिडल प्रदान गरेका छन् ।
भोलिको खेल आयोजक पथरी शनिश्चरे भेट्रान्स फुटबल क्लब भर्सेज उर्लाबारी भेट्रान्स बिच हुने खेल कमिसार भिष्म न्यौपानेले जानकारी दिए ।