पथरी । प्रथम पथरी शनिश्चरे भेट्रान्स गोल्डकप फुटवल प्रतियोगिताको उपाधि आयोजक पथरी शनिश्चरे भेट्रान्सले चुमेको छ।
आज जातेमोडमा भएको फाइनल खेलमा आयोजक पथरी भेट्रान्सले उर्लाबारी भेट्रान्सलाई २-१ गोल अन्तरले हराउँदै विजेता बनेको हो। आयोजक पथरी भेट्रान्सले केराबारी भेट्रान्सलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो । भने सोमबार भएको पहिलो सेमिफाइनलमा उर्लाबारी मोरङले विराट भेट्रान सुन्दरहरैचालाई- ४—१ गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो । प्रतियोगिताको विजेता टिमलाई १ लाख १ हजार, दोस्रोलई ५५ हजार ट्रफी, मेडल र प्रमाण–पत्र प्रदान गरिएको थियो ।
प्रतियोगिता कात्तिक ८ गतेदेखि भएको थियो । ‘स्वास्थ्यका लागि खेल, राष्ट्रको लागि खेल’ भन्ने नाराका साथ भएको प्रतियोगितामा मोरङ र झापाका जम्मा ८ टिमले सहभागिता जनाएको थियो। पथरी शनिश्चरे भेट्रान्स , उर्लाबारी भेट्रान्स, दुधे भेट्रान्स, मिल्स भेट्रान्स विराटनगर, विराट भेट्रान्स, सहारा भेट्रान्स, लखनपुर भेट्रान्स, सतिसाले भेट्रान्सले सहभागिता जनाएको हो ।


85 पटक हेरिएको 












