पथरी । माेरङ्गकाे पथरी शनिश्चरे-१ काे बिपि चाैकमा द व्युटी मेकअप पार्लर एण्ड टेनिङ सेन्टर बिर्तामोड -४ झापाकाे ४० औं शाखा विस्तार भएको छ ।
आज एक कार्यक्रमकाे बीच प्रमुख अतिथि पथरी शनिश्चरे नगरपालिकाकी पूर्व उपप्रमुख यमुना विष्ट वास्ताेला, वडा नं-१ का वडाध्यक्ष भीमकुमार राई र पथरी उद्योग वाणिज्य संघका अध्यक्ष दीपक वस्नेतले संयुक्त रूपमा रिवन काटेर उद्घाटन गरेका छन्।प्रमुख अतिथि यमुना विष्ट वास्ताेला, वडा नं- १ र ७ का वडाध्यक्ष क्रमशः भीमकुमार राई र उद्ववराज वस्नेत, उर्लाबारी नगरपालिकाका वडा नं-२ का वडाध्यक्ष राजन कडेँल, उर्लाबारी उद्योग वाणिाज्य संघका पूर्व अध्यक्ष भरत भट्टराई लगायतले शुभकामना मन्तव्य राखेका थिए। ३० लाख भन्दा बढी लगानीमा खाेलिएकाे व्युटी पार्लरमा १२ जनालाई प्रत्यक्ष राेजगारी दिइएको पथरी शाखाकी प्रमुख रेखा वस्नेत भट्टराईले जानकारी दिइन्। दमक, पथरी, इटहरी, हेटौंडा, काेहलपुर, नेपालगञ्ज , काठमाडौँ लगायत विभिन्न स्थानमा सेवा प्रदान गदै आएको सञ्चालक भगवान बस्नेतले सुनाए। व्युटीसियन, मेकपअप, नेल, मेहेन्दी आइल्यासिसका कक्षाहरू र सेवाहरू सञ्चालन भईरहेकाे केन्द्रीय कार्यालय बिर्तामोडका सञ्चालक भट्टराईले बताए ।