पथरी । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी मिडफिल्डर सरु लिम्बू गृहनगर पथरी शनिश्चरेमा सम्मानित भएकी छिन् ।
शुक्रबार पथरी ११ फुटबल क्लबले २५ हजार रुपैयाँसहित सम्मान पत्रद्वारा सम्मानित भएकी हुन् । हालै सम्पन्न साफ च्याम्पियनसिपमा नेपाललाई उपविजेता बनाउन महत्त्वपूर्ण भूमिका खेलेको भन्दै सरुलाई सम्मान गरिएको क्लबका अध्यक्ष सुमन विकले जनाएका छन् । उनी पथरी शनिश्चरे ४ की स्थायी बासिन्दा हुन्।



84 पटक हेरिएको 












