पथरी। मोरङको पथरी शनिश्चरे-७ का १८ वर्षिय निश्चल आङ्देम्बे र पथरीशनिश्चरे-२ का ४२ बर्षिय प्रितम गौतमको मृत्यु भएको छ।
निर्माणधिन पूर्व पश्चिम महेन्द्र राजमार्गअन्तर्गत पथरीशनिश्चरे–२ सुनझोडा पुलमा दिउँसो २ः३० बजेतिर पूर्वबाट पश्चिम दिशातर्फ आउँदै गरेको बा. प्रदेश ०३–००१ ख २९२८ नम्बरको टिपरले पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को २० प ६०७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । सो घटनाबाट दुईजनाको मृत्यु भएको हो ।
घट्ना पछि गम्भिर घाईते भएका दुवै जनाको उपचारकै क्रममा मदन भण्डारी ट्रमा सेन्टर उर्लावारीमा दिउसो करिव ३ः२० बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।


62 पटक हेरिएको 












