उपभोक्ता समितिलाई अभिमुखीकरण कार्यक्रम

पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नम्बर ८ मा उपभोक्ता समितिलाई अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ ।

मंगलबार समितिका अध्यक्ष, सचिव र कोषाध्यक्षहरुलाई उपभोक्ता समितिको काम, कर्तब्य, अधिकार, योजना सम्झौता गर्नदेखि फरफराक गर्नसम्म चाहिने कागजपत्र तयारी गर्न, काम गर्दा ध्यानदिनुपर्ने कुराहरुको बिषयमा जानकारी दिनको लागि उपभोक्ता समिति अभिमुखीकरण कार्यक्रम गरिएको थियो । कार्यक्रममा नगरपालिकाबाट योजना शाखा प्रमुख शिव राई, इन्जिनियर हसरत अलि नेपाल, ओभरसियर इन्द्र पराजुली, वडा प्राविधिक लिलाराज भट्टराई, सचिब बालकृष्ण राईको सहभागिता रहेको थियो ।

कार्यक्रमले उपभोक्ताहरुले आफूले गर्ने कामको बिषयमा बुझ्ने, झन्झटिलो कागजी प्रक्रियालाई ब्यबस्थित गर्ने, करकट्टीको बिषय बुझ्ने, आफ्नो गाउँ आफै बनाउन प्रेरित हुने आदि बिश्वास लिएको वडाध्यक्ष नविन कार्कीले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार