कृषि फार्मको अनुगमन

पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकाकी नगर उप–प्रमुख एवं अनुगमन समितिकी संयोजक देवीमाया काफ्लेले कृषि फार्मको अनुगमन गरेकी छिन् ।

पथरी शनिश्चरे नगरपालिका वडा नं. ३ को पिपल चौक अवस्थित अस्मित कृषि फार्मको विहिबार अनुगमन गरिएको हो । मोहन गौतमले सञ्चालन गरेको फार्मको अनुगमनमा नगरका कृषि शाखा की प्रमुख सविना राई, कार्यपालिका सदस्य विरध्वज शिवा र पदम धिमालको पनि उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार